दोश्रो टि-२० जित्न भारतलाई इंग्ल्यान्डद्वारा १६५ रनको लक्ष्य

NAWALPUR TIMES

दोश्रो टि-२० जित्न भारतलाई इंग्ल्यान्डद्वारा १६५ रनको लक्ष्य
161400989 3852093464845476 68095325055331420 o

भारत र इंग्ल्यान्ड बीच पाँच वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा जारि रहेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाउदै भारतलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इंगलिस ओपनर जोस बटलर पहिलो ओभरमा खाता नखोली भुवनेश्वर कुमारबाट एलबिडब्लु भए। दोश्रो विकेटको लागि जेसन रोय र डेबिड मलानले ६३ रनको साझेदारी गरे। २४ रन बनाएका मलानलाई युजभेन्द्र चहलले नवौं ओभरमा एलबिडब्लु गरे।

१२ औं ओभरमा जेसन रोयलाई वासिंगटन सुन्दरले क्याच आउट गराए जसले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए। २० रन बनाएका जोनी बेयरस्टोलाई सुन्दरले १४ औं ओभरमा दोश्रो शिकार बनाए। कप्तान ओएन मोर्गनलाई १८ औं ओभरमा शार्दुल ठाकुरले विकेटकिपर रिशभ पन्तबाट क्याच आउट गराए। अन्तिम ओभरमा शार्दुल ठाकुरबाट क्याच आउट हुनु अघि बेन स्टोक्सले २४ रन बनाए।

इनिंग्सको अन्तिम ५ ओभरमा इंग्ल्यान्डले मात्र ३५ रन बनाउन सक्यो।

भारतको बलिंगमा वासिंगटन सुन्दर ( ४-०-२९-२ ) र शार्दुल ठाकुरले ( ४-०-२९-२ ) ले समान २ विकेट लिए। भुवनेश्वर कुमार ( ४-०-२८-१ ) र युजभेन्द्र चहल ( ४-०-३४-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड सहजै ८ विकेटले विजयी भएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology