विनयी त्रिवेणी-५ देउरालीमा सर्वाधिक पुरस्कार राशिको अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २३ गते २०:४१
विनयी त्रिवेणी-५ देउरालीमा सर्वाधिक पुरस्कार राशिको अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता

कावासोती । पुर्वी नवलपरासीको विनयी त्रिवेणी-५ देउरालीमा सर्वाधिक पुरस्कार राशिको प्रथम नमस्ते देउराली कप अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता यहि फागुन २५ गते बाट सुरु हुने भएको छ ।

प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपिया रहेको प्रतियोगिता फागुन २८ सम्म चल्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतियोगितामा गण्डकी प्रदेशका नवलपुर, तनहुँ , बाग्लुङ , कास्की , लम्जुङ , स्याङ्जा , म्याग्दी, पर्वत जिल्लाहरु, त्यसै गरि चितवन , रुपन्देही , पाल्पा र पश्चिम नवलपरासी जिल्लाका ११ टिमको सहभागीता रहने आयोजक देउराली युवा समुहका अध्यक्ष कमल जिसिले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेले ६० हजार, र तेस्रो हुनेले ३० हजार नगद पुरस्कार ट्रफी र मेडल प्रदान गरिने आयोजकले बताएको छ । पुरस्कार जिल्लामा हाल सम्म्कै सर्वाधिक राशीको रहेको आयोजकको दाबी रहेको छ ।

खेल दुम्किबास बजारबाट करिब १७ किलो मिटर उत्तरमा पर्ने विनयी त्रिवेणी-५ देउरालीको भैसीखोला खेल मैदानमा हुने जनाईएको छ । फागुन २५ गते नवनिर्मित खेल मैदान र भलिबल प्रतियोगिताको उदघाटन नेपाली काङ्ग्रेसका नेता एवं नवलपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका प्रत्यासी रहेका विष्णुकुमार कार्कीले गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा करिब १० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उदघाटन खेल रुपन्देहीको मणिमुकुन्दसेन र तनहुँ बिच हुने जनाईएको छ ।

प्रकाशित : २०७७ फागुन २३ गते २०:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI