डि आर क्षेत्रि/देवचुली । नारायणि नदिमा डल्फिन संरक्षण अवस्थिति जाेखिम र अवसर विषयक अन्तरक्रिया एवम् समन्वय कार्यशाला आईतवार पिप्रहरमा सम्पन्न भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयकाे आयाेजना तथा तराई भु परिधि कार्यक्रम तालकाे सहकार्यमा साे कार्यक्रम सञ्चालन भएको हाे ।
नवलपरासीमा रहेका आठ ओटा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष , राष्ट्रिय प्रकृति संरक्षण काेषका ऋषि सुवेदी, नदि तटका स्थानिय जनप्रतिनिधिहरु , चितवनकाे कालावन्जर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष युवा संरक्षण कर्मिहरु , पर्यटन व्यवसायी , हाेमस्टे सञ्चालक तथा वाेटे माझिहरुका अगुवाकाे उपस्थिति रहेकाे कार्यक्रममा विशेषगरी डल्फिनकाे हालकाे अवस्था , यसका लागि वासस्थानकाे अवस्था तथा खाद्य तत्वका बारेमा सराेकारवाला विच अन्तरक्रिया गरिएको थियाे ।
नितिगत तह देखि नदिमा आश्रति समुदाय स्तर सम्म स्पस्ट रुपमा कानुनकाे व्यवस्था भएता पनि कार्यान्वयनकाे पाटाे फितलो भएकाे उल्लेख गरिएको थियाे । हिजाेकाे दिनमा डाईनाेसरसहरु जस्तै डल्फिन पनि लाेप हुन सक्ने सम्भावना रहेकाे कारण यसकाे प्रजाति संरक्षणमा आजैदेखि लाग्नुपर्नेमा जाेड दिईएकाे थियाे ।
नारायणी नदिमा पानीको मात्रा सुक्दै जानू , नदिकाे मुहानदेखिनै फाेहर हुने , माछाकाे लागि बाधहरुमा fish ladder बनाउनु पर्ने त्यस्तैगरि विज्ञहरूको टिम वनाई अध्ययन अनुसन्धान गरि हालकाे अवस्था पत्तालगाउनुपर्ने सुझावहरु दिईएकाे थियाे ।
उपस्थित सराेकारवालाहरु वाट तीन वटा समुहरु वनाई डल्फिन संरक्षणमा लाग्न सक्ने सराेकारवाला निकायकाे थप पहिचान , हालसम्म भएको प्रयास , वनेका नीति नियमहरु तथा सरकारलाई थप सुझाव समेत दिईएकाे थियाे ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज वन्यजन्तुु संरक्षण विभागका उप सचिव रामचन्द्र खतिवडाले उपलब्ध भएको सुझावहरु मन्त्रालयमा राखिने तथा नीति निर्माण थप टेवा पुग्ने तथा नेपाल , भारत तथा बङ्गलादेशकाे त्रिपक्षिय छलफलमा यहाँ उठेका सवालहरु प्रस्तुत गर्ने वताउनुभएकाे थियाे । त्यस्तै डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत माेहन राज काफ्लेले जलाधार संरक्षणमा लागि परिरहेकाे अवगत गराउदै डल्फिनकाे संरक्षणका लागि आफू र माताहतका कार्यालयहरु सधै तत्पर रहेकाे वताउनुभयाे । नेपाल लगायत विश्व जगतमा डल्फिनकाे ईतिहास , हालकाे अवस्थाकाे वारेमा तराई भु परिधि कार्यक्रम आयाेजना सह प्रवन्धक कमल राज राईले प्रस्तुति गर्नुभएको थियाे ।
सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रवहादुर पाण्डे को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण तराई भुपरिधि कार्यक्रमका प्रेम पाैडेलले गर्नुभएको थियाे ।
Facebook Comment