लर्डबुद्द एकेडेमीको वार्षिकोत्सवमा जेष्ठ नागरिक सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न
NAWALPUR TIMES प्रकाशित : २०७७ फागुन १० गते १९:३९
received 170166224918024
नारायण प्रभु/नवलपुर
कावासोती ५ मा रहेको लर्डबुद्द एकेडेमीले आफ्नो १७ औं वार्षिकोत्सबको अवसरमा जेष्ठ नागरिक सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
आज एक कार्यक्रमको आयोजना गरि कावासोती १२ पिठौलीमा रहेको लक्ष्मी नारायण मन्दिर बृदाश्रममा बसोबास गर्ने जेष्ठ नागरिक एवं बिद्यार्थीहरुलाई खाद्यान्न बितरण गरिएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथी कावासोती १२ का वडाध्यक्ष खेम प्रसाद काफ्लेले बिद्यालयको महत्त्वपूर्ण दिनमा यस्तो मानवीय कार्य गरेको हुदा बिद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तथा कावासोती ५ का वडाध्यक्ष हरि बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ कबि दिपक सोति, मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष तिर्थशरण,बिद्यालयका प्रबन्धक रमेश अधिकारी,प्रीन्सिपल बिमल चापागाईं लगाएत बिद्यालयका ब्यबस्थापन समितिका पदाधिकारी एवं शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण बिद्यालयका भाइस प्रीन्सिपल बिकाश थापाले गर्नु भएको हो।
यसैबिच आज नै बिद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।बिद्यालयको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जना रक्तदाताले रक्तदान गर्नुभएको हो।नेपाल स्वयम् सेवी रक्तदाता समूह नवलपुरका अध्यक्ष धर्मराज लुइँटेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम एन प्याब्सनका केन्द्रिय सदस्य राजु पाण्डेले पहिलो रक्तदान गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।सोही अवसरमा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं कावासोती ५ का वडाध्यक्ष हरि बास्तोला, बिद्यालयका प्रबन्ध निर्देशक रमेश अधिकारी लगाएत शिक्षक शिक्षिका एवं स्थानीयले रक्तदान गरेका छ्न।
यहि फागुन १३ गते बिद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस भएपनी यसपाली कोबिडका कारण रचनात्मक काम मात्र गरिएको तर बिगतमा जस्तो औपचारिक कार्यक्रम नगरिने प्रबन्ध रमेश अधिकारीले जानकारी गराउनु भयो।
Facebook Comment