श्रीमान संविधान हेरेर फैसला गर्नुहोला, सडकबाट संसद पुन:स्थापना गर्न नपरोस : धनराज गुरुङ

NAWALPUR TIMES

श्रीमान संविधान हेरेर फैसला गर्नुहोला, सडकबाट संसद पुन:स्थापना गर्न नपरोस  : धनराज गुरुङ
FB IMG 16133947953550876

कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपालको संविधानले प्रधानमन्त्रीले संसद विघटन गर्ने व्यवस्थाको परिकल्पना समेत नगरेको अवस्थामा प्रधानमन्त्रीले गरेको संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै संविधान हेरेर फैसला गर्न सर्वोच्चका न्यायाधीशहरुलाई आग्रह गरेका छन ।

सोमबार पुर्वी नवलपरासीमा नेपाली काङ्ग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै गुरुङले भने “श्रीमान संविधान हेरेर फैसला गर्नुहोला,संविधानमा संसद विघटनको व्यवस्था छैन ।” सर्वोच्च अदालतले संविधान विपरीत गएर फैसला गरेर संसद पुन:स्थापना नगरे आफुहरुले जनताको बलले सडकबाट संसद पुन:स्थापना गर्ने बताउदै गुरुङले न्यायाधीशलाई केपि ओलिको अनुहार होइन संविधान हेरेर फैसला गर्न आग्रह गरेका हुन ।

हिजो २०५९ को संसद विघटनलाई सर्वोच्चले सदर गर्दा जनताकै बलबाट  संसद पुन:स्थापना भएको र त्यही संसदले गणतन्त्रको बाटो तय गरेको बताउदै नेता गुरुङले अहिलेको समस्याको एकमात्र समाधान संसद पुन:स्थापना भएको जिकिर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्रीको मात्रै नभई सिङ्गो नेपाली जनताको अभिभावक बन्न आग्रह गरेका छ्न । राष्ट्रपति देशकै अभिभावक बन्नेर मुलुकलाई सही दिशा देखाउनुपर्नेमा त्यस्तो हुन नसकेको बताउदै गुरुङले राजतन्त्र फालेर जनताकै छोरीलाई राष्ट्रपति बनाउँदा पनि राष्ट्रपतिले मुलुक र जनताको हित चिताउन नसकेको नेता गुरुङको आरोप लगाए ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology