महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडाको सिफारिस अनिवार्य

NAWALPUR TIMES

महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडाको सिफारिस अनिवार्य
bidesh

काठमाडौं, २९ माघ । अध्यागमन विभागले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनको प्रस्ताव मन्त्रालयमा पठाएको छ । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने लगायत केही नयाँ प्रावधान ल्याउन प्रस्ताव गृहमन्त्रालयमा पठाईएको जानकारी दिनुभयो ।

साथै उक्त प्रस्तावमा विदेश जानेहरुको हकमा १५ लाखको बीमा र एक हजार डलर अनिवार्य लिएर जानु पर्ने प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । विभागका अनुसार जोखिममा देखिने ४० बर्ष मुनिका महिलाहरुको लागि विदेशमा गएर समस्यामा नपरुन भनेर नयाँ केहि नियम ल्याउन खोजिएको हो । यो नियम सवै देशमा लागु नभएर जोखिम मुलुकमा लागु गर्न खोजिएको विभागको भनाई छ ।

साथै पटक–पटक विदेश जाने र आउने गरेका महिलाहरुको हकमा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस आवश्क नपर्ने समेत महानिर्देशक केसीले स्पष्ट पार्नु भयो । विभागले सरोकारवाला निकाय संग छलफल गरि उक्त केही नयाँ नियम संशोधनका लागि विभागले एक साता अघि मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले नयाँ नियम ल्याउन खोजिएको उहाँले बताउनुभयो ।भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार आवश्यक पर्ने छ । यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology