असी वर्षको उमेरमा बल्ल नागरिकता

NAWALPUR TIMES

असी वर्षको उमेरमा बल्ल नागरिकता
OMkala 1611065406

अर्घाखाँचीको मालारानी गाउँपालिकाकी– ३ की ओमकला खनालले ८० बर्षको उमेरमा नागरिकताका प्राप्त गरेकी हुन्।

४० बर्ष देखि छोरीको घर सन्धिखर्क नगरपालिका २ कुरमा बस्दै आएकी ओमकला खनाललाई प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्ला प्रशासनको टोलीले नागरिकता प्रदान गरेको हो।

गाउँपालिकाको पहलमा आफ्नो वडाको मानिस खोजी गरी अर्को नगरपालिकामा समेत पुगेर नागरिकता प्रदान गरेकोमा वडा अध्यक्ष शोभाखर खनालको सबैले खुलेरै प्रशंसा गरेका छन्। त्यो उमेरसम्म पनि नागरिकता नबनेको जानकारी पाएपछि पहल गरी नागरिकता प्रदान गरेको वडाध्यक्ष खनालले बताए।

घरमै पुगेर नागरिकता दिनका लागि सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार बिक, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका डिएसपि रामकृष्ण महर्जन, मालारानी ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतको टोली ति बृद्ध महिलाको घरमा पुगेका थिए।

यस अघि पनि मालारानी गाउँपालिका वडा नम्बर ३ घर भइ अस्थायी रुपमा बुटवल बस्दै आएकी २५ बर्षीय एक अपाङ्ता भएकी महिलालाई नागरिकता प्रदान गरिएको उनले जानकारी दिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology