संघीय राजधानी काठमाडौ बाहिर सार्न बाबुरामको प्रस्ताव

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ६ गते १३:०८
संघीय राजधानी काठमाडौ बाहिर सार्न बाबुरामको प्रस्ताव
1605944420 baburam1 1200x560 1

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय राजधानी काठमाडौं बाहिर सार्ने जिकिर गरेका छन्। अध्यक्ष भट्टराईले मंगलबार एक ट्विट लेख्दै संघीय राजधानीलाई उपत्यकाबाहिर सार्ने जिकिर गरेका हुन्।

उनले भूमाफियालाई छाडा छोड्दा काठमाडौं उपत्यका केही दशकमा कंक्रिट जंगल बन्ने र बस्न अयोग्य हुने भन्दै उपत्यकाबाहिर सार्ने जिकिर गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘विकास र संरक्षण बीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो! तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं!’

प्रकाशित : २०७७ माघ ६ गते १३:०८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI