प्रधानमन्त्री कप क्रिकेट: नवलपुरका विशालको ह्याट्रिकसँगै गण्डकीको पहिलो जित

NAWALPUR TIMES

प्रधानमन्त्री कप क्रिकेट: नवलपुरका विशालको ह्याट्रिकसँगै गण्डकीको पहिलो जित
139928939 111833814162209 1598608234973428259 n

काठमाडौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले प्रदेश-१ लाई २ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। अघिल्लो खेलमा गण्डकी त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो। यस अघि एपीएफसंग पराजित भएको प्रदेश-१ को यो लगातार दोश्रो हार हो।

मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १०३ रनको लक्ष्य गण्डकीले ८ विकेट गुमाएर ३७ ओभरमा पुरा गर्यो।गण्डकीको लागि ओपनर अर्जुन कुमालल र दिपक डुम्रेले समान ३५ रन तथा अभिषेक थापाले अविजित १३ रन योगदान दिए। लक्ष्य पछ्याउने क्रममा पहिलो २ विकेट छिट्टै गुमाएपछि अर्जुन र दिपकले तेश्रो विकेटको लागि ५५ रनको साझेदारी गरेका थिए। २३ औं ओभरमा अर्जुन र लगत्तै दिपेश खत्री आउट भए पछि भने गण्डकीले लगातार विकेट गुमाउन पुग्यो।

अर्को किनारमा विकेट गुमेता पनि छैठौं नम्बरमा ब्याटिंग गरेका अभिषेक थापाले अविजित १३ रन बनाउदै टिमलाई जितसम्म डोर्याए। प्रदेश-१ को बलिंगमा मिनाश थापा र शुभांकर उराउले समान २ विकेट तथा दिपेश कंडेल र हेमन्त राईले समान १ विकेट लिए।

 

विशालको ह्याट्रिक

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले २७.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०२ रनको योगफल तयार गरेको थियो। प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले सर्व्धिक २४ रन बनाए भने मिनास थापाले २२ रन, शुभान्कर उरावले १२, दिपक पासवानले ११ तथा दिपेश कंडेलले १० रन योगदान दिए।

एक समय ५० रनमा मात्र १ विकेट गुमाएको प्रदेश-१ ले योगफलमा थप ५२ रन जोड्दा ९ विकेट गुमाउन पुग्यो। प्रदेश-१ लाई सानो योगफलमा सामन्त गण्डकी प्रदेशका देब्रे हाते स्पिनर बिशाल पौडेल र सुबाश भण्डारीले समान ४ विकेट लिए।

पौडेलले ६.४ ओभरमा २५ रन तथा भण्डारीले ७ ओभरमा ४ मेडन ओभर गर्दै १८ रन खर्चेर उक्त विकेट हात पारे। बिपिन खत्रीले २ विकेट लिए। २८ औं ओभरमा बलिंग गर्ने क्रममा बिशाल पौडेलले ओभरको दोश्रो बलमा रञ्जन मगरलाई क्याच आउट, तेश्रो बलमा मनोज तामांगलाई एलबिडब्लु तथा चौथो बलमा हेमन्त राईलाई पनि एलबिडब्लु आउट गर्दै ह्याट्रिक पुरा गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology