नेपाली काङ्ग्रेस नवलपुरले पौष २५ गते जिल्लाको चार स्थानमा सरकार विरुद्ध प्रदर्शन गर्ने

NAWALPUR TIMES

नेपाली काङ्ग्रेस नवलपुरले पौष २५ गते जिल्लाको चार स्थानमा सरकार विरुद्ध प्रदर्शन गर्ने
congress

कावासोती । नेपाली काङ्ग्रेस नवलपुरले संसद विघटन र सरकारको असंवैधानिक कदमको विरोधमा पौष २५ गते जिल्लाको ४ स्थानमा विरोध प्रदर्शन गर्ने भएको छ ।

नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरेको अध्यक्षतामा मंगलबार कावासोती स्थित पार्टी कार्यालयमा भातृ संघसंस्था र शुभेच्छुक संस्थाको प्रमुख एवं प्रतिनिधि सहितको बैठकले पौष २५ गते प्रधानमन्त्री केपी ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा जिल्लाको चार स्थानमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

नेपाली काङ्ग्रेसको आसन्न केन्द्रिय समितिको बैठकले देशै भरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा सरकारको असंवैधानिक कदमका विरुद्ध पौष २५ गते प्रदर्शन गर्ने निर्णय गरे अनुसार जिल्लाको चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने गरि तयारी गरिएको काङ्ग्रेस नवलपुरका सचिब घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार जिल्लाको संघीय क्षेत्र नं १ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ को रजहर, प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को कावासोती , संघीय क्षेत्र नं २ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ को डण्डा, प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को दुम्किबासमा संसद विघटन र सरकारको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गरिने कार्यक्रम तय गरिएको छ ।

यसै गरि काङ्ग्रेसको आसन्न केन्द्रिय समितिको बैठकको निर्णय अनुसार देशै भरका पालिकामा माघ ३ गते र माघ ८ गते देशै भरका वडामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको अनुसार जिल्लामा पनि सोही अनुसार कार्यक्रम गरिने सचिव घिमिरेले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology