सरकार देशलाई दुर्घटनातर्फ धकेल्न लागी परेको छ : महामन्त्री कोइराला

NAWALPUR TIMES

सरकार देशलाई दुर्घटनातर्फ धकेल्न लागी परेको छ : महामन्त्री कोइराला
received 441624153910608 scaled

कांग्रेस महामन्त्री डा .शशाङ्क कोइरालाले बर्तमान सरकारले देशलाई दुर्घटनातिर धकेल्न खोजेको बताएका छन । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा कपिलबस्तु कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन ।

महामन्त्री कोइरालाले संसद विघटन गर्ने सरकारको निर्णय असंवैधानिक भएको भन्दै यो निर्णयले नेपालमा राजनितिक अस्थिरता समेत निम्त्याउन सक्ने चिन्ता प्रकट गरे ।संसद विघटन राष्ट्रको हितमा नभएको बताउदै कोइरालाले सबैतिर असफल भइसकेको सरकार र नेकपा अब राजनितिक रुपमा पनि असफल भइसकेको दाबी गरे ।कोइरालाले कम्युनिष्टहरुका कारण देश सदीयौ देखी राजनितिक अस्थिरताको शिकार भएको र राजनितिक अस्थिरताका कारण देशको बिकाश पछी परेको दाबी गर ।

ओलि सरकारले चुनाब गराउन सक्नेमा आशङ्का ब्यक्त गर्दै महामन्त्री कोइरालाले चुनाब भएमा नेपाली कांग्रेस चुनाबबाट नभाग्ने स्पस्ट पारे ।

महामन्त्री कोइरालाले बिपी कोइरालाको मेलमिलापको निती मुलुकका लागी अझै पनि सान्दर्भिक भएको धारणा राखे ।सबैको सम्मान र सबैको अस्तित्व स्विकार गर्ने संस्कारसगै राष्ट्रीय मेलमिलापले मात्रै देशमा राजनितिक स्थिरता र सम्बृद्दी आउने कोइरालाको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल,दिपक गिरि,गुरुराज घिमिरे,कांग्रेस नेताहरु दिप कुमार उपाध्याय ,अत्तर कमाल्,अभिषेक प्रताप शाह लगायतले आ-आफ्नो धाराणा राखेका थिए ।कार्यक्रम कांग्रेस कपिलबस्तुका सभापती सुरेन्द्र राज आचार्यको सभापतित्वमा भएको थियो ।-फाईल तस्बिर

नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।कांग्रेसले आज देशैभरी बिभिन्न कार्यक्रमहरु गरी मेलमिलाप दिवस मनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology