कावासोती । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सोमबार साँझ युवा संघ र अनेरास्ववियुले राँके जुलुस निकालेका छन् ।
नेकपाको दाहाल-नेपाल समूह निकट युवा विद्यार्थीहरुले कावासोतीको हलचोक देखि सुरु भएको राँके जुलुस फलफूल चोकमा गएर कोण सभा सँगै सकिएको थियो ।
जुलुसमा सहभागी युवा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सरकार विरोधी नारा लगाउदै संसद पुनर्स्थापनाको माग गरेका थिए ।
विगतमा पनि प्रतिगमनको बाटोमा हिडनेलाई जनताले सडक बाटै परास्त गरेको भन्दै प्रधानमन्त्री ओली सच्चिएर संसद पुर्नस्थापना नगरे जनताले नै केपि ओलीको अस्तित्व सिध्याईदिने कोण सभामा बोल्ने वक्ताहरूले बताएका थिए ।
जुलुसमा अनेरास्ववियु केन्द्रिय सदस्य हरि सिग्देल, जिल्ला संयोजक ठाकुर पराजुली , युवा संघका जिल्ला सहसंयोजक चन्द्र रानाभाट लगाएतका युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रकाशित : २०७७ पुष १३ गते २०:०८
Facebook Comment