संसद विघटन विरोधमा नेकपाको युवा संघ र अनेरास्ववियुद्वारा कावासोतीमा प्रदर्शन

NAWALPUR TIMES

संसद विघटन विरोधमा नेकपाको युवा संघ र अनेरास्ववियुद्वारा कावासोतीमा प्रदर्शन
FB IMG 16084572049607672

कावासोती । संसद विघटनको विरुद्ध सरकार निकट युवा संघ र अनेरास्ववियुले नवलपुरको सदरमुकाम कावासोतीमा प्रदर्शन गरेको छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गरेपछि नवलपुरमा प्रदर्शन गरेका हुन प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जिल्ला सदरमुकाम कावासोतीमा युवा र विद्यार्थीले संयुक्त रूपामा प्रदर्शन गरेका हुन् ।

कावासोतीको सभापति चोकमा युवा र अनेरास्ववियु विद्यार्थीहरुले सडक अवरुद्ध गरेर प्रधानमन्त्री केपीको प्रस्तावले संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् ।

जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान माथि प्रधानमन्त्री ओलीले प्रहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

संसद विघटन को विरोधमा देशभर आन्दोलन चर्काउने युवा र विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology