प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेश छनौट खेल्ने नवलपुर टोलिको घोषणा

NAWALPUR TIMES

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेश  छनौट खेल्ने नवलपुर टोलिको घोषणा
rashmin parikh satellite road ahmedabad cricket coaching classes 1eohoom7u0

कावासोती । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेश स्तरीय छनौट खेल्ने नवलपुरको १४ सदस्यीय टोलिको बिहीवार घोषणा गरिएको छ ।

मन्जिल न्यौपानेको कप्तानीमा घोषणा गरिएको जिल्ला स्तरीय टिमको उपकप्तानको जिम्मेवारी राहुल शर्मालाई दिईएको नवलपुर जिल्ला क्रिकेट संघका सचिव विवेक न्यौपानेले बताए ।

घोषणा गरिएको टोलिमा मन्जिल न्यौपाने  (कप्तान ) राहुल शर्मा (उपकप्तान) सनम बुढाथोकी , सन्देश बस्नेत, प्रोबिन भुजेल, दिपक डुम्रे (विकेट किप्पर) , कमल परियार, कैलाश पंगेनी, विवेक दराई, विशाल पौडेल , विज्ञान गौतम , रतन कार्की , राजेश ढकाल र लक्की सापकोटा रहेको सचीव न्यौपानेले जानकारी दिए ।

 

यसै गरि टोलिको वैकल्पिक खेलाडीमा स्विकार सापकोटा , निक्ष्चल सापकोटा , विवेक पराजुली र खिम मल्ल ठकुरी रहेको न्यौपानेले बताए ।

 

सचिव न्यौपानेका अनुसार टोलिको प्रशिक्षकको जिम्मा धमनाथ सापकोटा र व्यवस्थापकको जिम्मा लिलाराम कंडेललाई दिईएको छ ।

 

प्रधानमन्त्री कपको क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौट खेल यहि पौष ३ गते देखि पोखरामा सुरु हुँदै छ ।

 

छनौट प्रतियोगिताको पहिलो खेलमा नवलपुरले यहि पौष ५ गते पहिलो खेल तनहुँ सँग,दोस्रो खेल ६ गते स्याङ्जा सँग र तेस्रो खेल ८ गते कास्की सँग खेल्ने आयोजक गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।

प्रतियोगितामा नवलपुर, स्याङ्जा, कास्की र तनहुँको सहभागीता रहने आयोजकले जनाएको छ ।

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology