जग्गेबाटै बेहुला-बेहुली सहित जन्ती प्रहरी नियन्त्रणमा

NAWALPUR TIMES

जग्गेबाटै बेहुला-बेहुली सहित जन्ती प्रहरी नियन्त्रणमा
Child Marriage photo

सिन्धुली । जिल्लामा बालविवाह गर्ने दुई जना बेहुलासहित जन्तीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । सुनकोसी गाउँपालिका ४ भोर्लेनीमा १५ वर्षीय र वडा नम्बर ३ मरुवाबेँसीमा १७ वर्षीया बालिकालाई विवाह गर्ने बेहुला सहित जन्तीलाई शुक्रबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

प्रहरीका अनुसार दुबै विवाहका बेहुली विवाह गर्ने उमेर नपुगेकाले बेहुलासहित जन्तीलाई नियन्त्रणमा लिएको हाे।

भोर्लनीमा बेहुलीको घरमा जाँदै गरेका रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका १ निवासी २५ वर्षीय बेहुलासहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने , मरुवाबेंसीमा महोत्तरी बर्दिवासका २२ वर्षीय बेहुलासहित अन्यलाई जग्गेबाटै नियन्त्रणमा लिइएको गोरखापत्रमा प्रकाशित छ

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology