घर नेपाल , बाटो भारतको ९ महिना देखि घरबाट निस्कन पाएनन्

NAWALPUR TIMES

घर नेपाल , बाटो भारतको ९ महिना देखि घरबाट निस्कन पाएनन्
gajendrathakur ko ghar 1 20201209014630 400x220 1

विराटनगर, २४ मंसिर । न त कुनै मुद्दा, न त कुनै राजनीतिकर्मी र आपराधिक क्रियाकपालमा संलग्न। तर, पनि विगत ९ महिनादेखि घरबाट निस्कन पाएका छैनन् विराटनगर- १७ का गजेन्द्र ठाकुरका परिवार। घर नेपालमा भए पनि भारतको बाटो प्रयोग गरेर घर जानुपर्ने बाध्यताले उनको परिवार सीमा सिल गरिएसँगै घरबाट निस्कन पाएको छैन। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि ठाकुरको परिवार समस्यामा परेको हो।

बसोबास नेपालमा भए पनि बाहिर निस्केर हिँड्न भारतको बाटो प्रयोग गर्नुपर्छ। अर्को कुनै विकल्प छैन। लकडाउनको समयमा नेपालीभन्दा भारतमा समस्या थियो। नेपाल आउने बाटो अरू थिएन। अहिले भने भारतले एकतर्फी रूपमा सीमा नाका खुला गरेको छ, तर नेपालतर्फको सिमाना बन्द नै छ।

ठाकुर परिवारको घरभन्दा पश्चिम नेपाल–भारत सीमाको दसगजा पर्दछ। दसगजासँगै जोडेर भारततर्फ सडक छ। त्यही सडकबाट जोगबनी भन्सार नाका हुँदै ठाकुर परिवार नेपाल आउजाउ गर्ने हुँदा अहिले उनीहरू नेपालमा घर भए पनि नेपाली क्षेत्रमा आउन पाउँदैनन्। ठाकुर परिवारका चार दाजुभाइमध्ये माइला गजेन्द्र ठाकुर हुन्। दाजु कृष्णकुमार ठाकुर, गजेन्द्र, रवीन्द्र र अशोकले पैतृक सम्पत्तिमा चारवटा घर बनाएर चारै जना अलगअलग बसेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology