कावासोती । यस वर्षको पत्रकार तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार राजेन्द्र बाँनियालाई प्रदान गरिएको छ ।
मंगलबार पुर्वी नवलपरासीको कावासोतीमा पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरीबहादुर चुमानले पत्रकार बानियाँलाई १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशी रहेको तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेका हुन ।
स्वर्गीय पत्रकार भुसालको तीन वर्षअघि नवलपुरको दाउन्नेमा भएको दुर्घटनामा निधन भएको थियो ।
प्रकाशित : २०७७ मंसिर २३ गते १७:२४
Facebook Comment