काठमाडौं, २३ मंसिर । सगरमाथाको उचाई यसअघि ८८४८ मिटर थियो । यसपटक यसको उचाई ८६ सेन्टिमिटर बढेको देखियो । तर, कसरी बढ्यो सगरमाथाको उचाई ?
इन्डियन र युरोसियन टेक्टोनिक प्लेट एक-अर्कामा ठक्कर खाँदा सगरमाथा बनेको मानिन्छ । यो ६ करोड वर्ष पुरानो मानिन्छ । यसको उचाई प्रत्येक वर्ष आधा मिटर बढ्नेगरेको वैज्ञानिकहरुले जनाएका छन् ।
दुवै पक्षले यसपटक सगरमाथाको उचाई मापन गरेका थिए । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा संयुक्त रुपमा उचाई घोषणा गर्ने सहमति बनेको थियो । यसअघिको उचाई सर्वे अफ इन्डियाले गरेको सन् १९५४ को मापन हो । पहिलोपटक नेपाल आफैले उचाई मापन गरेको हो । यसका लागि दुई वर्ष समय लाग्यो ।
२०७२ सालको महाभूकम्पले सगरमाथाको उचाईमा पनि फरक ल्याएको बताइयो । ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले सगरमाथा चढ्न गएका १८ जनाको समेत मृत्यु भएको थियो । यसबाट पनि त्यहाँ ठुलै कम्पन आएको बुझ्न सकिन्छ । भूगर्भविदहरुले टेक्टोनिक प्लेट हल्लदा सगरमाथाको उचाई हरेक वर्ष बढ्ने गरेको बताउँदै आएका छन् ।
प्रकाशित : २०७७ मंसिर २३ गते १६:४३
Facebook Comment