मोरङमा शिक्षकको हत्या, विप्लव समूहको संलग्नता आशंका

NAWALPUR TIMES

मोरङमा शिक्षकको हत्या, विप्लव समूहको संलग्नता आशंका
gun fire hatya Zsc6YSS9LW

मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले  मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको हत्या भएको जानकारी दिए ।
उनले घटनाबारे थप विवरण आउन बाँकी रहेको भन्दै प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको उनले बताए ।  श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology