आज(मंगलबार) नवलपुरका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुदै

NAWALPUR TIMES

आज(मंगलबार) नवलपुरका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुदै
220px Power pole

कावासोती । नवलपुरका विभिन्न स्थानमा आज(मंगलबार) विद्युत   अवरुद्ध हुने भएको छ ।
जिल्लाको कावासोती नगरपालिका, मध्यविन्दुु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाका विभिन्न स्थानमा विहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म विद्युत   अवरुद्ध हुने नेपाल विद्युत  प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ।
वितरण केन्द्रको कावासोती ३३/११ के.भी सव स्टेशनको ट्रान्सर्फमरको स्तरोन्नती (अप ग्रेडिङ) कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सुचारु हुने कार्यालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology