चालिसकिलोबाट लागूऔषध सहित २ जना पक्राउ

NAWALPUR TIMES

चालिसकिलोबाट  लागूऔषध  सहित २ जना पक्राउ
1605602134342

कावासोती । पुर्वी नवलपरासीको पुर्व पश्चिम सडक खण्डको चालीस किलोबाट लागुऔषध सहित २ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

पुर्व पश्चिम राजमार्गको चालिसकिलोमा सवारी चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४१ प २४७१ नंको मोटरसाइकलमा सवार गैंडाकोट-७ बस्ने रमेश बिक र भरतपुर-७ बस्ने बिकास बजागाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट फेनारगन ३० एम्पुल, डाइजापाम ३० एम्पुल, नुफृन ३० एम्पुल र १५ टयाबलेट नाईट्रोभेट-१० बरामद गरिएको र उनिहरुलाई लागू औषध नियन्त्रण ऐन बमोजिम कार्वाही प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology