पुर्वी नवलपरासीमा आईतबार थप ६६ जना कोरोना संक्रमण मुक्त : १५ जना नयाँ संक्रमित थपिए

NAWALPUR TIMES

पुर्वी नवलपरासीमा आईतबार थप ६६ जना  कोरोना संक्रमण मुक्त : १५ जना नयाँ संक्रमित थपिए
Nawalpur District

कावासोती । पुर्वी नवलपरासीमा आईतबार ६६ जना कोरोना संक्रमण मुक्त भएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका अनुसार जिल्लाको कावासोती नगरपालिकाका ५५ जना, गैंडाकोट नगरपालिकाका ९ जना र देवचुली नगरपालिकाका २ जना संक्रमण मुक्त भएका हुन ।

यसै बीच जिल्लामा आईतबारनै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतवार थपिएका संक्रमित मध्य गैंडाकोट नगरपालिकामा ३ जना, देवचुली नगरपालिकामा ३ जना, कावासोती नगरपालिकामा १ , मध्यविन्दु नगरपालिकामा १ जना र हुप्सेकोट गाउँपालिकामा ७ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७३ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या २१६१ पुगेको बताईएको छ । जिल्लामा आईतबार सम्म ११४३६ जनाको पिसिआर परिक्षण गरिएकोमा २३६२ जनामा संक्रमण पुष्टि भएको र २८ जनाको कोरोना संक्रमणको कारणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology