२०१३ नोभेम्बर २७को त्यो दिन, जहाँ बाट नेपाली क्रिकेटले २०-२० विश्वकपको यात्रा गरेको थियो

NAWALPUR TIMES

२०१३ नोभेम्बर २७को त्यो दिन, जहाँ बाट नेपाली क्रिकेटले २०-२० विश्वकपको यात्रा गरेको थियो
3

सन २०१३ नोभेम्बर २७ को आजकै दिन नेपालले हङकङलाई ५ विकेटले हराएर 20-20 विश्वकप २०१४ को लागि छनौट भएको थियो ।

हङकङले नेपाललाई दिएको १४४ रनको लक्ष  निकै ठुलो त थिएन तर खेलको अन्तिम केहि ओभरमा महत्वपूर्ण ब्याट्सम्यानहरुले विकेट गुमाएपछि नेपाल निकै दबाबमा देखिएको थियो। कप्तानी इनिंग खेल्दै कप्तान पारस खड्का ४६ रन बनाएर १९ औं ओभरमा रन -आउट हुँदा खेलको नतिजा अझ अनिश्चितता तिर गएको थियो । खेल अन्तिम ओभरसम्म पुग्यो जसमा नेपाललाई जितको लागि १३ रन आवस्यक थियो र साथमा थियो ५ विकेट। क्रिजमा थिए भर्खरै आएका प्रदिप ऐरी र शरद भेसावकर जसको काँधमानै थियो नेपाललाई  ऐतिहासिक बिश्वकप यात्रा गर्ने जिम्मेवारी ।

अन्तिम ओभरमा शरद भेषावकर करले १२ बनाए पछि नेपालले  20-20 विश्वकप २०१४ को यात्रा तय गरेको थियो ।तस्बिर : रमन शिवाकोटी/विकेट नेपाल

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology