कक्षा १२को प्रश्नपत्र बाहिरिएको र परीक्षा सरेको सूचना गलत : राष्ट्रिय परीक्षा बोर्ड

NAWALPUR TIMES

कक्षा १२को प्रश्नपत्र बाहिरिएको र  परीक्षा सरेको सूचना गलत : राष्ट्रिय  परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को  भौतिक विज्ञान विषयको प्रश्नपत्र नबाहिरिएको र पुन: परीक्षा गर्नेबारे कुनै सूचना प्रकाशित नगरेको प्रष्ट्याएको छ। सामाजिक सञ्जालमा परीक्षा फेरि हुने भन्ने सूचना गलत रहेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका छन्।

आज बाहिरिएको सूचनामा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको पाइएकोले सोही विषयको परीक्षा पुन: मंसिर १७ गते साबिककै परीक्षा केन्द्रमा हुने उल्लेख थियो। ‘परीक्षा फेरि गर्ने भनेर केही सूचना निकालेका छैनौँ,’अध्यक्ष पौडेलले भने,‘सामाजिक संजालले झुटको खेती गरिरहेको छ। कोही पनि हल्लाको पछि नलाग्नुहोला। हाम्रो वेबसाइट हेरेर मात्रै पत्याउनुहोला।’

बुधबार बेलुकादेखि परीक्षा हलमै मोबाइल भिडियोबाट चिठ चोरेको विषयमा पनि उनले अहिलेसम्म आधिकारिक प्रमाण नपाएको जानकारी दिए। ‘हामीले कसैलाई फोन लान दिएका छैनौँ,’उनले भने,‘कुन कलेजको भिडियो हो भन्ने अहिलेसम्म हामीकहाँ केही आएको छैन। टिकटक बनाएर सामाजिक सञ्जालमा भाइरल गराएको हुनुपर्छ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology