निकुञ्ज संरक्षणको बहानामा जनतालाई दुख दिन पाईदैन : महामन्त्री कोईराला

NAWALPUR TIMES

निकुञ्ज संरक्षणको बहानामा जनतालाई दुख दिन पाईदैन : महामन्त्री कोईराला
IMG 20201124 144953

कावासोती । नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले निकुञ्ज संरक्षणको नाममा नारायणी नदि तटिय क्षेत्रका जनतालाई दुख दिन नपाईने बताएका छ्न ।

पुर्वी नवलपरासी को कावासोती-१५ मा पार्टीका पुराना नेता एवं प्रजातन्त्र सेनानी नरबहादुर चौधरीको शोक सभामा बोल्दै महामन्त्री कोईरालाले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै कोइरालाले चितवन राष्ट्रिय निकुञ्ज प्रसासनले संरक्षणको नाममा नारायणी नदिको तटिय क्षेत्रमा बसोबास गर्ने माझी मुसहर बोटेहरुलाई उनीहरुको पुर्खौली माछा मार्ने पेसा बाट बिस्थापित हुने गरेर दबाब सिर्जना गर्नु गलत भएको बताएका छन । “निकुञ्ज संरक्षणमा जनताको प्रभावकारी सहभागीता हुनु पर्छ, जनतालाई दुख दिएर संरक्षण हुन सक्दैन” कोइरालाको भनाई थियो ।

कार्यक्रममा बोल्दै कोइरालाले गैंडाकोट देखि त्रिवेणी सम्म तटबन्ध सँगै वैकल्पिक राजमार्गको डिपिआर तयार भएको र यसको काम अब छिट्टै सुरु हुने र नारायणी नदिको तटिय क्षेत्रको जनताको जीवनस्तर माथि उठाउन आफू सधै लागि पर्ने बताए ।

काङ्ग्रेस नेता एवं प्रजातन्त्र सेनानी नरबहादुर चौधरीको स्मृतिमा आयोजित शोक सभामा काङ्ग्रेस सहमहामन्त्री प्रकाशशरण महत, काङ्ग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली , काङ्ग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछाने , संविधान सभा सदस्य महेन्द्रध्वज जिसि , प्रदेश सांसद ओमकला गौतम , काङ्ग्रेस नेता विष्णुकुमार कार्की लगाएतका नेताहरु एवं काङ्ग्रेसका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology