प्राकृतिक चिकित्सालयलाई २५ लाख उपलब्ध गराउने महामन्त्री कोईरालाको घोषणा

NAWALPUR TIMES

प्राकृतिक चिकित्सालयलाई २५ लाख उपलब्ध गराउने महामन्त्री कोईरालाको घोषणा
IMG 20201123 190747

कावासोती । नेपाली काङ्ग्रेसका महामन्त्री एवं नवलपुर क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.शशांक कोईरालाले सामुदायिक प्राकृतिक चिकित्सालायको भौतिक पुर्वाधार विकासको लागि २५ लाख उपलब्ध गराउने घोषणा गरेका छ्न ।

नवलपुरको कावासोतीमा रहेको सामुदायिक रेडियो मध्यविन्दु १०१ मेगाहर्जको १२ औं वार्षिकोत्सबको अवसरमा प्राकृतिक चिकित्सालायमा फलफूल एवं स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त हुने बजेट बाट चिकित्सालयको भौतिक पुर्वाधार विकासका लागी २५ लाख उपलब्ध गराउने कोईरालाले बताएका हुन ।

कार्यक्रममा बोल्दै कोईरालाले नवलपुरको विकास र नवलपुरलाई नमूना जिल्लाका रुपमा बिकास गर्न आफू निरन्तर लागिरहने बताएका छ्न । कोइरालाले सञ्चार क्षेत्रलाई स्वतन्त्र रुपमा चल्न दिनुपर्ने भन्दै सञ्चारमा अंकुश लगाउने कुरामा आफू सँधै विपक्षमा रहेको बताउदै प्रेस स्वतन्त्रताको पक्षमा काङ्ग्रेसले कसै सँग पनि सम्झौता नगर्ने बताए ।

फरक प्रसंगमा बोल्दै कोईरालाले कोरोनाको बहानामा कंग्रेसको महाधिवेशन कुनै पनि हालतमा रोकिन नहुने बताए । कोईरालाले विश्वका थुप्रै ठाउँहरुमा चुनावी कार्यक्रम समेत सम्पन्न भईसक्दा कोरोनाको कारण देखाएर महाधिवेशन सार्न नहुने जिकिर गरे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology