विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा

NAWALPUR TIMES

विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा
1605855233259

काठमाडौं : विस्तृत शान्ति सम्झौता भएर नेपालमा तात्कालिन माओवादी राजनितिक मुलधारमा आएको आज १४ वर्ष पुरा भएको छ । २०६३ मङ्गसिर ५ गते आजकै दिन सरकारका तर्फवाट तात्कालीन प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइराला र विद्रोहीका तर्फवाट तात्कालिकन नेकपाका माओवादी  प्रचण्डले हस्ताक्षर गर्नुभएको थियो ।

सरकार र माओवादीबीच भएको सम्झौतापछि नेपालमा जारी १० वर्षे शसस्त्र द्वन्दको औपचारीक अन्त्य भएको हो । जसको जगमा नेपालमा २४० वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य मात्रै गरेन नेपाली जनताको करीव ६५ वर्ष सम्मको लोकतान्त्रीक आन्दोलनको उपजको रुपमा सम्विधानसभा मार्फत नयाँ लोकतान्त्रीक सम्विधान पनि जारी भयो ।

राजनैतिक बेमेल अन्तरपार्टी सङ्घर्ष र आपसी अविस्वासको अन्त्य गर्दै सहमति, सहकार्य र एकताका साथ राष्ट्रिय स्वार्थमा एकजुट भइ सम्विधान कार्यान्वयनको चरणमा देश अघि बढेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology