प्रचण्डलाई ओलीको चुनौती: आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ

NAWALPUR TIMES

प्रचण्डलाई ओलीको चुनौती: आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ
1605837334038

काठमाडौं, मंसिर ५ । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पदत्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डको अभियोगपत्रको जवाफ दिन १० दिनको समय माग गर्दै अभियोग लगाउनेले अभियोगको पुष्टि गर्न नसके त्यसको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताए । प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छोड्नुपर्ने उद्देश्यसहित अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ अर्को बैठकमा ओलीले दिने तयारी गरेका हुन् ।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप सही ठहरिए आफूले दुवै पद छाड्ने र गलत ठहरिए आरोप लगाउने अर्का अध्यक्ष दाहालले नै आफ्नो पद त्याग्नुपर्ने आवश्यकता आंैल्याएका हुन् ।

‘यो विषयको बैठकमार्फत नै छिनोफानो हुनुपर्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ,’ प्रम ओलीले बैठकमा प्रस्तुत भएको विषय प्रस्ताव नभई लाञ्छनापत्र भएको बताउँदै भने, ‘यो आरोप या त सदर ठहरिनुप¥यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुप(यो । तर, आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुप¥यो, यसको जवाफदेही हुनुप(यो ।’

अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सल्लाह नै नगरी राजनीतिक प्रस्तावको नाममा प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपा विवाद झनै उत्कर्षमा पुगेको थियो ।सत्तारूढ नेकपाभित्र सत्ता र शक्तिकै लागि एकले अर्कोलाई पदच्यूत गर्ने रणनीतिअनुसार विभिन्न गुट सक्रिय हुन थालेपछि विवाद उत्कर्षमा पुगेको छ ।

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि अर्का अध्यक्ष दाहालले भ्रष्टाचारीलाई संरक्षण गरेको लगायतका आरोप लिखित रूपमै लगाएपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफ पनि लिखित रूपमा नै दिने भएका हुन् ।

नेकपा स्रोतका अनुसार अहिले पार्टीभित्र एकले अर्कोलाई पदच्यूत गर्ने रणनीतिअनुसार नेताहरू अगाडि बढेका छन् । सचिवालय बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदन र प्रधानमन्त्री ओलीले व्यक्त गरेको मन्तव्यलाई विश्लेषण गर्दा एक अर्काविरुद्ध उत्रिएको जस्तो देखिने आजको राजधानी दैनिकमा खवर छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology