संसद्को हिउँदे अधिवेशन तयारी

NAWALPUR TIMES

संसद्को हिउँदे अधिवेशन तयारी
1605752737831

काठमाडौं,मंसिर ४। कोरोना भाइरस सङ्क्रमण उत्कर्षमा पुगेका बेला सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी थालेको छ । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएपछि अधिवेशनको तयारी थालिएको हो ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले यस अघिभन्दा थप स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विभिन्न विकल्पसाथ अधिवेशनको तयारी थालिएको जानकारी दिए। उनले यसअघि कोरोनामा केन्द्रित भएर हामीले अधिवेशनको बैठक चलाएका थियौँ, अहिले हामीबीच सङ्क्रमित हुन सक्छन् भन्नेसमेत सोचेर बैठकको तयारी गर्नुपर्नेछ । संवैधानिक सीमाको ख्याल गरेर सचिवालयका तर्फबाट आन्तरिक तयारी भने गरिरहेको बताए ।

अधिवेशनको प्रारम्भ भने मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट बैठक आह्वान भएपछि हुनेछ ।
यसअघि कोरोना कहरबीच डाकिएको बजेट अधिवेशनमा सांसदबीच भौतिक दूरी कायम गरिएको थियो । प्रवेश गेटमा ज्वरो नाप्ने लगायतका सुरक्षात्मक उपाय अवलम्बन गरिएको थियो ।

साथै बैठक कक्षमा एक र अर्को सांसद बीचका दुई कुर्सी खाली राखिएका थिए । दुवै सदनको संयुक्त बैठकमा भने दर्शकदीर्घा रहने स्थानमा पनि सांसदलाई राखिएको थियो । एक बैठकको हकमा बैठक कक्ष मात्र प्रयोग भएको थियो ।गोरखापत्र दैनिकबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology