काठमाडौँ, २८ कात्तिक: नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि आज प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ । दुवै देश सन् २०१८ को सेप्टेम्बरमा साफ च्याम्पियनसिपमा भिडेका थिए । उक्त प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २–० गोलले पराजित गरेको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जनाको टोली हाल बङ्गलादेशको ढाकामा रहेको छ ।-रासस/File Photo
प्रकाशित : २०७७ कार्तिक २८ गते १३:२१
Facebook Comment