राप्ती नदिले बगाउँदा एक जना महिलाको ज्यान गयो, एक जना बेपत्ता

NAWALPUR TIMES

राप्ती नदिले बगाउँदा एक जना महिलाको ज्यान गयो, एक जना बेपत्ता
1604670516752

चितवन । पश्चिमी चितवनको ध्रुवघाटमा राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता रहेकी छिन् ।

स्थानीय दोभान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा मध्यान्ह करीब १२ बजे राप्ती नदीले बगाउँदा भरतपुर २४, ध्रुब बजार निवासी अन्दाजी बर्ष ४५की श्रीमाया घलानको मृत्यु भएको हो । उहाँको शव घटनास्थलमा भेटिएको छ । त्यसैगरी यो समाचार प्रकाशित हुँदासम्म सोही वडाबासी अन्दाजी बर्ष ५५ की मनकुमारी तामाङ वेपत्ता रहनुभएको छ ।

नेपाली सेना, जनपद प्रहरी, भरतपुर २४ वडा कार्यालय र सामुदायिक वनका प्रतिनिधीहरुले वेपत्ता हुनुभएकी तामाङको खोजी गरिरहेको हो । एकजनाको मृत्य र अर्का एकजना वेपत्ता भएसंगै ध्रुव र नयाँबस्ती क्षेत्रमा शोक छाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology