नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सर्‍यो

NAWALPUR TIMES

नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सर्‍यो
1603874663155

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित केन्द्रीय कमिटी बैठक एक महिनापछि सारिएको छ।

नेकपा केन्द्रीय कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालको संयुक्त हस्ताक्षरमा आज जारी विज्ञप्तिमा १५-१७ कात्तिकमा तय गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोरोना महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको उल्लेख गरिएको छ।

बैठकको नयाँ मिति १५-१७ मंसीरलाई तोकिएको छ। नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपश्‍चात अहिलेको असहज परस्थितिमा बैठक गर्न जोखिम हुने कुरालाई ध्यान दिँदै नयाँ मिति तय भएको बताइएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology