चितवनमा सवारी जाँच गर्न ‘लाइडर गन’ को प्रयोग

NAWALPUR TIMES

चितवनमा सवारी जाँच गर्न ‘लाइडर गन’ को प्रयोग
1602899095639

भरतपुर। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’ मार्फत जाँच सुरू गरेको छ। चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच थालिएको हो।

 

जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गनमार्फत जाँच सुरू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए। लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकको फोटो, भिडिओ र सवारीको गति कैद गर्ने उनले जानकारी दिए ।

 

अधिकांश दुर्घटना तीव्रगतिका कारण हुने भएकाले यसले न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। “चाडपर्व लक्षित गरेर यो अभियान सञ्चालन गरेका छौँ”, उनले भने, “यसलाई पछिसम्म निरन्तरता दिनेछौँ ।”

 

ट्राफिक प्रहरीले पहिलो दिनमै ४१ जना सवारी चालकलाई कारवाही र सचेत गराएको छ। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology