भालुवाङ राजधानी तोकिएको भन्दै बुटवलमा विरोध, दाङमा खुशीयाली

NAWALPUR TIMES

भालुवाङ राजधानी तोकिएको भन्दै बुटवलमा विरोध, दाङमा खुशीयाली
julus butal

बुटबल, असोज १७। प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा राख्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेपछि बुटवलमा अनेक प्रतिकृया सार्वजनिक भएका छन् । बिपक्षी बिद्यार्थी संगठनहरु सडकमा उत्रिएका छन भने सरकार निकट ब्यवसायिक संगठनहरुले आपत्ति जनाएका छन् ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवलाल सुवेदीले प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने संवैधानिक व्यवस्था रहेकोले जनताबाट निर्वाचित सांसदहरुले गर्ने निर्णय जनताकै पक्षमा हुने प्रतिक्रिया दिए।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले प्रदेश राजधानी दाङमा राख्ने प्रस्तावले नेपाली कांग्रेस रुपन्देही स्तब्ध वनेको बताए।राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले प्रदेशको नाम लुम्विनी राख्नुपर्ने आफूहरुको माग अनुसार नाम प्रस्ताव गरिएकोमा खुसी ब्यक्त गरे ।

जनता समाजबादी पार्टीकी केन्द्रिय सदस्य तथा प्रदेश ५ प्रदेश सभा सदस्य कल्पना पाण्डेले आफ्नो पार्टीले छलफल गरेर मात्र औपचारिक धारणा वनाउने बताए ।प्रदेश सभामा प्रदेशको राजधानी दाङ राख्ने प्रस्ताव भएकोमा संभावित विरोधको अवस्थालाई दृष्टिगत गर्दै बुटवलमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

दाङको भालुवाङलाई प्रस्ताव गरेपछि दाङका नेताहरुले निर्णय सकरात्मक भएको भन्दै खुसी व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सचिव सुवास पुनले दाङ राजधानीको प्रस्तावले थप उर्जा दिएको भन्दै प्रदेशकै समस्या हल भएको बताए ।

नेपाली काँग्रेस दाङका सभापती कृतिवहादुर खड्काले प्रदेश सरकारले दाङ राजधानीको लागि प्रस्ताव गरेमा खुसी व्यक्त गर्दै राजधानी भयो भनेर हौसिने भन्दा प्रदेशवासी एक भएर लाग्नुपर्ने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology