सरावल गाउँपालिकाका बासिन्दालाई नि:शुल्क रगत र आँखा अप्रेसन

NAWALPUR TIMES

सरावल गाउँपालिकाका बासिन्दालाई नि:शुल्क रगत र आँखा अप्रेसन
FB IMG 16014549254426983

उमेश बि.क / नवलपरासी

नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिका बासिका नागरिकलाई रगत र आँखा अप्रेसन निशुल्क सेवा प्रावधान ल्याएको छ ।

सरावल गाउपालिका भित्रका आँखाका समस्या हुने ब्यक्तिलाई निशुल्क अप्रेसनको तथा निशुल्क रगतको ब्यवस्था गरेर सरावल गाउँपालिकाले अर्को समाजिक अभियान शुरु गरेको छ ।

साे अभियान २०७६ देखि सुरु गरि पुनह २०७७ मा निरन्तर्ता दिइएकाे गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे ।

जसअन्तर्गत गत २०७६ मा आँखा अप्रेसन ७६ जना र ८५ जना रगतबाट लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले जानकारी दिनुभएको हाे।

विगत बर्षमा विभिन्न आँखा तथा स्वास्थ्य शिविरका कार्यक्रम गर्दै आएको सरावल गाउपालिकाले गाउपालिका भित्रका सबै आँखा सम्बन्धि समस्या हुने नागरिकलाई निशुल्क आँखा अप्रेसन गराउने र रगत आवश्यक पर्नेलाई निशुल्क रगतको ब्यवस्थापन गाउपालिकाले गर्ने निर्णय गरेको हो ।

समाजिक क्षेत्रमा विभिन्न उदाहरणिय कार्य गर्दै आएको गाउपालिकाको यस्तो निर्णयले स्थानिय उत्साही भएका छन् । बेला बेला आँखा तथा स्वास्थ्य शिविरका कार्यक्रम गाउपालिकाले गर्दै आएको थियो,तर त्यसले मात्र सबैलाई लाभ पुर्याउन सकेको थिएन् ।

आवश्यक परेको बेला सहयोग नपाउने र आँखा अप्रेसन गराउनका लागि शिविर कुर्नु पर्ने समस्या थियो । त्यही समस्यालाई मध्य नजर गर्दै गाउपालिकाले सरावल गाउपालिका भित्रका नागरिकलाई जो जति बेला आए पनि निशुल्क सेवा पाओस भनेर यस्तो कार्यक्रम ल्याइएको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

आँखाको अप्रेसन गर्न परेमा सदरमुकाम परासी स्थित डा.विनोद निता कण्डेल आँखा अस्पतालसंग र रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाईटी नवलपरासीको ब्लड बंैकसंग सम्झौता गरेका छौ, उनले भने, गाउपालिकाको सिफारिस सहित गएमा रगत निशुल्क पाउने र आँखाको अप्रेसन पनि जति खेर पनि निशुल्क पाउने छन् ।

त्यसको भुक्तानी गाउपालिकामा ति संस्थाले माग गरे पछि गाउपालिकाले भुक्तानी दिइने छ ।
पहिला शिविर सञ्चालन गर्दा सरावल गाउपालिका बाहिरका पनि ब्यक्ति आउने हुदा आफ्नै नागरिक छुट्ने र बाहिरका थपिदा आर्थिक भार पर्ने अवस्था थियो ।

तर यस्तो ब्यवस्थान गरेमा गाउपालिका भित्रका नागरिकले आफ्नो अनुकुल जतिखेर पनि सेवा पाउने भएका छन्, उनले थपे, जेष्टनागरिक लगायत लक्षित बर्गका लागि अन्य सेवा यथावत नै छ । यो सेवा सबै गाउपालिकाबासीका लागि हो ।

यसले नागरिकलाई स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउनेमा गाउपालिकाले विश्वास लिएको छ । अगामी दिनमा समाज कल्याणका अन्य कार्यक्रमहरु थपिदै जाने उनले बताए । यो निशुल्क रगत र आँखाका अप्रेसन सेवालाई शिविर र समय कुर्नु पर्ने अवस्था अब रहेन्, समस्या आउने बित्तिकै वार्डको सिफारिस लिएर गाउपालिकामा आउने र गाउपालिकाले अप्रेसन गर्न परेमा आँखा अस्पताल र रगत चाहिएमा रेडक्रसमा निशुल्क प्रदान गर्नका लागि सिफारिस गरिदिन्छ ।

ति संस्थाले सिफारिसका आधारमा कुनै पनि शुल्क नलिई सेवा प्रदान गर्ने छन् । यसका लागि चालु आर्थिक बर्षको योजना कार्यक्रममा बजेट बिनियोजन गरि सकिएको छ, अध्यक्ष चौधरीले भने, कम भएमा आउने गाउसभाबाट पुनः रकम थप गर्नेछौ र यसलाई निरन्तरता दिदै लैजाने छौ ।

यस्को दुरुपयोग हुनबाट जोगाउनका लागि गाउपालिकाले छुट्टै संयन्त्र पनि बनाउने सोचमा रहेको अध्यक्ष चौधरीले जनाए । स्वास्थ्य शाखासंग बसेर त्यसबारे छलफल गरिने छ । शाखाको सुझाव अनुसार नै अनुगमन संयन्त्र बनाउने र कार्यान्वयनमा ल्याउने भनाई उनको थियो ।

गाउपालिकाको यस्तो अभियानले गाउपालिका र गाउकार्यपालिकाका पदाधिकारीहरुको प्रशंसा हुन थालेको छ । यो अति नै प्रशंसनिय कार्य भएको सरावल गाउपालिका ४ कै बासिन्दा समेत रहेका नेपाली काङ्ग्रेस सरावल गा.पा समन्वय समिति संयाेजक बिनाेद पाण्डेले बताए ।

यो अन्य गाउपालिकाले सिको गरि लागु गर्नु पर्ने कार्यक्रम हो, उनले भने, संविधानले नागरिकका स्वास्थ्य सम्बन्धि मौलिक हकको प्रत्याभुत गराउने गरि स्थानिय सरकारले जिम्मेवारी बोध गरि यस्तो कार्यक्रम अन्यका लागि अनुकरणिय छ । नागरिक प्रति राज्यको कर्तब्य पालनाको उचित उदाहरण पनि भएको उनले बताएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology