तीन दिनको मौसम पूर्वानुमान : अधिकांश ठाउँ सफा रहने

NAWALPUR TIMES

तीन दिनको मौसम पूर्वानुमान : अधिकांश ठाउँ सफा रहने
1600562500.weather 1

काठमाडौं। देशका पहाडी भू-भागको मौसममा अहिले आंशिकदेखि सामान्य मात्र बदली रहेको छ ।

 

आज दिउँसो प्रदेश १, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

त्यस्तै भोलि प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का पानी पर्ने अनुमान गरिएको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार १५ असोजमा पनि यी पाँच प्रदेशका केही स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology