चिनियाँ दूतावासअगाडि नेविसंघको प्रदर्शन, छ जना पक्राउ

NAWALPUR TIMES

चिनियाँ दूतावासअगाडि नेविसंघको प्रदर्शन, छ जना पक्राउ
FB IMG 16012750404280027

चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बिहान काठमाडौंको टंगालस्थित दूतावास अगाडि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको हो।

नेपालको हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित उनीहरूले दूतावासअगाडि प्रदर्शन गरेका हुन्।                नेविसंघका नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्कालाई पक्राउ गरेर प्रहरीले मालीगाउँमा राखेको काफ्लेले सेतोपाटीलाई जानकारी दिए।

पक्राउ परेकाहरूलाई विनाशर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ।

नेविसंघका नेता मनिष सिंखडाका अनुसार ‘चिनौं सीमाना जोगाऔं माटो’ अभियान अन्तर्गत दूतावास अगाडि प्रदर्शन गरिएको हो। उनीहरूले हुम्लाको सीमा क्षेत्र पुगेर सरकारी टोलीले हालै गरेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology