सनसनीपूर्ण खेलमा राजस्थान विजयी

NAWALPUR TIMES

सनसनीपूर्ण  खेलमा राजस्थान विजयी
9S6A1549

१३ औं आईपीएल टि-२० अन्तर्गत  राजस्थान रोयल्सले सनसनीपूर्ण खेलमा किंग्स-११ पन्जाबलाई ४ विकेटले पराजित गरेको छ।

राजस्थानको लिगमा यो लगातार दोश्रो जित हो। यस अघि चेन्नाईलाई राजस्थानले १६ रनले पराजित गरेको थियो। यस्तै पन्जाबले भने तेश्रो खेल खेल्दा दोश्रो हार बेहोरेको छ। पहिलो खेलमा दिल्लीसंग सुपर ओभरमा पराजित भएको पन्जाबले दोश्रो खेलमा बैंगलोरलाई ९७ रनले पराजित गरेको थियो।

पहिले ब्याटिंग गर्दै पन्जाबले दिएको २२४ रनको लक्ष्य राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो। आईपीएल इतिहासमा कुनै पनि टिमले पछ्याएको यो सबैभन्दा ठूलो लक्ष्य हो।

लक्ष्य पछ्याउने क्रममा सिजनको पहिलो खेल खेल्ने क्रममा ओपनर जोस बटलर ७ बलमा ४ रन बनाएर तेश्रो ओभरमा शेल्डन कटरेलबाट क्याच आउट भए। त्यसपछि दोश्रो विकेटको लागि ओपनर स्टिभ स्मिथले सन्जु स्यामसनसंग ८१ रनको साझेदारी गरे। अर्धशतक पुरा गरे लगत्तै स्मिथ नवौं ओभरमा जिम्मी निशमबाट क्याच आउट भए जसले २७ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

स्मिथको विकेटपछि स्यामसनले एक किनार सम्हालीरहे जुन क्रममा तेश्रो विकेटको लागि राहुल तेवतियासंग ६१ रनको साझेदारी गरे। ४२ बलमा ७ चौका र ४ छक्का मद्दतले ८५ रन बनाएर स्यामसन १७ औं ओभरको पहिलो बलमा मोहम्मद शामीबाट क्याच आउट भए।

स्यामसनको विकेट जाँदा राजस्थानलाई २३ बलमा ६३ रन आवस्यक रहेको थियो। स्यामसन क्रिजमा रहंदा २१ बलमा मात्र १४ रन बनाएका तेवरियाले त्यसपछि गेर परिवर्तन गरे।

तेवतियाले शेल्डन कटरेलको ओभरमा लगातार ४ छक्का सहित ५ छक्का प्रहार गरे

अन्तिम १८ बलमा ५१ रन आवस्यक हुँदा देब्रे हाते ब्याट्सम्यान तेवतियाले शेल्डन कटरेलले गरेको १८ औं ओभरको पहिलो ४ बलमा लगातार ४ छक्का तथा छैठौ बलमा १ छक्का गरि एकै ओभरमा ५ छक्का प्रहार गर्दै टिमलाई जित तिर डोर्याए।

१८ ओभर सकिदा टिमलाई १२ बलमा २१ रन आवस्यक थियो जुन अवस्थामा रोबिन उथप्पालाई १९ औं ओभरको पहिलो बलमा मोहम्मद शामीले क्याच आउट गराए। तर त्यसपछि ब्याटिंग गर्न आएका जोफ्रा आर्चरले पहिलो २ बलमा लगातार २ छक्का प्रहार गरे। सोहि ओभरको पाँचौ बलमा तेवतियाले छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। सोहि ओभरको छैठौ बलमा तेवतियालाई शामीले क्याच आउट गराए। जितको लागि २ रन आवस्यक रहेको बेला आउट भएका तेवतियाले ३१ बलमा ५३ रन बनाउने क्रममा ७ छक्का प्रहार गरे।

अन्तिम ओभरमा जितको लागि २ रन आवस्यक रहेको बेला लेग स्पिनर मुरुगन आश्विनले पहिलो बल डट गरे भने दोश्रो बलमा रियान परागलाई बोल्ड गरे। तर त्यसपछि तेश्रो बलमा टम करनले चौका प्रहार गर्दै टिमलाई जित दिलाए। जोफ्रा आर्चरले अविजित ३ बलमा १३ रन बनाए जुन क्रममा २ छक्का प्रहार गरे। करन १ बलमा १ चौका सहित ४ रनमा अविजित रहे।

पन्जाबको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट ( ४-०-५३-३ ) लिए। यस्तै शेल्डन कटरेल ( ३-०-५२-१ ) , जेम्स निशम ( ४-०-४०-१ ) र मुरुगन आश्विन ( १.३-०-१६-१ ) ले समान १ विकेट लिए। रभी बिस्नोइ ( ४-०-३४-० ) र ग्लेन म्याक्सवेल ( ३-०-२९-० ) विकेटविहिन रहे।

पन्जाबको ब्याटिंग : अग्रवालको किर्तिमानी शतक 

यस अघि टस हारेर ब्याटिंग गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनाएको थियो।

उत्कृस्ट सुरुवात गर्ने क्रममा पन्जाब ओपनर मायाँक अग्रवाल र केएल राहुलले पहिलो विकेटको लागि १८३ रनको साझेदारी गरेका थिए। १७ औं ओभरमा टम करनले क्याच आउट गर्नु अघि अग्रवालले ५० बलमा १०६ रन बनाए जुन क्रममा १० चौका र ७ छक्का प्रहार गरेका थिए। आईपीएलमा अग्रवालको यो पहिलो शतक हो। अग्रवालको विकेटपछि लगत्तै ओभरमा कप्तान राहुल ६९ रन बनाएर अंकित राजपुतको बलमा क्याच आउट भए। राहुलले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

अग्रवाल लिग इतिहासमै दोश्रो छिटो शतक पुरा गर्ने भारतीय खेलाडी बने

अग्रवाल र राहुलको विकेटपछि निकोलस पुरन र ग्लेन म्याक्सवेलले तेश्रो विकेटको लागि १२ बलमा २९ रनको अविजित साझेदारी गरे। पुरनले ८ बलमा १ चौका र ३ छक्का मद्दतले २५ रन तथा म्याक्सवेलले ९ बलमा २ चौका मद्दतले १३ रन बनाए।

राजस्थानको बलिंगमा टम करन ( ४-०-४४-१ ) र अंकित राजपुत ( ४-०-३९-१ ) ले समान १/१ विकेट लिए। जोफ्रा आर्चर ( ४-०-४६-० ) , जयदेव उनदकत ( ३-०-३०-० ) , श्रेयस गोपाल ( ४-०-४४-० ) र राहुल तेवतिया ( १-०-१९-० ) विकेटविहिन रहे।

लिग अन्तर्गत पन्जाबले आगामी खेल अक्टोबर १ तारिख बिहिबार मुम्बई इन्डीएन्स बिरुद्ध खेल्ने छ। राजस्थानले आगामी खेल कोलकाता बिरुद्ध सेप्टेम्बर ३० तारिख बुधबार खेल्नेछ।

भोलि सोमबार रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डीएन्सले प्रतिस्पर्धा गर्नेछन्। दुवै टिमले २/२ खेल खेल्दा १ जित र १ हार बेहोरेका छन्।-wicket nepal बाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology