काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४७७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हिजोको तुलनामा गत २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या बढेको छ।
नेपालमा हिजो ८ जनाको मृत्यु भएको थियो। तर, आज त्यो संख्या १० जनामा पुगेको छ।
गत २४ घण्टामा १ जना महिला र ९ जना पुरुषको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा बाराका २०, ललितपुरका ४२ र ७७, काठमाडौंका ६१ र ६२, रुपन्देहीका ७२, बर्दियाका ६३ र ५० तथा अछामका ३४० वर्षीय पुरुष छन्।
त्यस्तै काठमाडौंकी ५० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
अहिले देशभर २२५ जना आईसीयू तथा ३३ जना भेन्टिलेटरमा उपचाररत छन्।
प्रकाशित : २०७७ असोज ११ गते १७:१८
Facebook Comment