आईपीएल: बैंगलोर र हैदरावाद खेल्दै

NAWALPUR TIMES

आईपीएल: बैंगलोर र हैदरावाद खेल्दै
ipl matches srh vs rcb 1600650210

४ वर्ष अघि २०१६ आईपीएल फाइनल खेलेका दुइ टिम सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा त्यसपछि समान हुन सकेन। एकातर्फ हैदरावाद त्यसपछि सबै ३ सिजन प्ले-अफ पुग्न सफल रह्यो भने अर्कोतर्फ उक्त सिजन उप-विजेता बैंगलोर भने २०१७ र १९ मा लिगको पुछारमा तथा २०१८ मा छैठौं स्थानमा रह्यो।

यो वर्ष बैंगलोरले अभ्यास सुरु गर्नु अघिनै सामाजिक संजालमा बैंगलोरको मजाक उडाउएर ‘मिमि’ र ‘ट्रोल’ बनाउन सुरु भएको थियो। तर नयाँ सिरिज सुरुवातमा कोहलीको टिम ‘मिमि’ र ‘ट्रोल’ हरुलाई बन्द गर्ने प्रयासमा हुनेछन्। आरोन फिन्च र क्रिस मोरिस सहित केहि नयाँ अनुहारहरुलाई गत डिसेम्बर अक्सनमार्फत लिएको टिमका युवा सदस्यहरु प्रमाणित गर्ने सोचमा छन्।

लगातार राम्रो प्रदर्शन गर्दै आएको सनराइजर्सका कप्तान डेभिड वार्नर पछिल्लो ३ सिजन अन्तिम चरणमा पुगेर गरेको चुकबाट पाठ सिक्दै टिमलाई दोश्रो उपाधि दिलाउने लक्ष्यमा छन्। ३ सिजन मध्ये २ सिजनमा सर्वाधिक रन बनाउदै अरेन्ज क्याप जितेका वार्नर पुनः सोहि लय दोहोर्याउने आत्मविश्वासका साथ मैदान उत्रनेछन्। वार्नरको अनुपस्थितिमा लिगमा कप्तानी गरेका केन विलियमसनले २०१९ मा अरेन्ज क्याप जितेका थिए। दुइ प्रेरणादायी खेलाडीको साथ पाएको सनराइजर्स कागजमा भन्दा खेलमा प्रदर्शन गर्नमा विश्वास गर्छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय ७:४५ बजे सुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology