सनसनीपूर्ण खेल सुपर ओभरमा जित्दै दिल्लीको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ५ गते ०:१४
सनसनीपूर्ण खेल सुपर ओभरमा जित्दै दिल्लीको विजयी सुरुवात

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न दोश्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स-११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै विजयी सुरुवात गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले पनि २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १५७ रन मात्रै बनाउन सकेपछि खेल सुपर ओभरमा पुगेको थियो। आईपीएल इतिहासमा सुपर ओभरमा पुगेको यो १० औं खेल हो।

सुपर ओभरमा कमजोर ब्याटिंग गरेको पन्जाबले पहिलो ३ बलमा २ विकेट गुमाएर मात्र २ रन मात्र बनाउन सक्यो। पहिलो बलमा केएल राहुलले २ रन बनाए। दोश्रो बलमा रबाडाले राहुललाई  क्याच आउट गराए। लगत्तै बलमा रबाडाले निकोलस पुरनलाई बोल्ड गर्दै पन्जाबलाई २ रनमै सिमित गरे। आईपीएलमा सुपर ओभरमा कुनै पनि टिमले बनाएको यो नै सबैभन्दा कम योगफल हो। यस अघि राजस्थान रोयल्सले २०१५ र गुजरात लायन्सले २०१७ मा समान ६ रन बनएको थियो। दुवै अवसरमा मुम्बई बलर मिचेल जोन्सनले बलिंग गरेका थिए।

३ रनको लक्ष्य दिल्लीले २ बलमै जित्यो। मोहम्मद शामीले पहिलो बल डट गरेता पनि दोश्रो बलमा वाइड दिए। त्यसपछिको बलमा रिशभ पन्तले २ रन लिंदै खेल जिताए।

मायाँक अग्रवालको शानदार इनिंगका बाबजुद पन्जाब पराजित 

जितको लागि अन्तिम ओभरमा १३ रन आवस्यक रहेको बेला मायाँक अग्रवालले पहिलो बलमा छक्का तथा तेश्रो बलमा चौका प्रहार गरेका थिए।  २ बलमा जित्न १ रन मात्र आवस्यक रहेको बेला स्टोइनिशले ओभरको चौथो बलमा डट गरे भने त्यसपछि लगातार २ बलमा अग्रवाल र क्रिस जोर्डनको विकेट लिंदा खेल बराबरीमा पुगेको थियो

१५.३ ओभरमा १०१/६ को अवस्थाबाट अग्रवालले आक्रामक ब्याटिंग गर्दै टिमलाई जित दिलाउने प्रयास गरेका थिए।

मायाँक अग्रवालले शानदार ब्याटिंग गर्दै ८९ रन बनाए पनि जित दिलाउन सकेनन्

ओपनिंग ब्याट्सम्यान मायाँक अग्रवालले सर्वाधिक ८९ रन बनाए जुन क्रममा ६० बलमा ७ चौका र ४ छक्का प्रहार गरे। कप्तान केएल राहुलले २१, क्रिस्नप्पा गौतमले २० तथा सरफराज खानले १२ रन बनाए। क्रिस जोर्डनले ५, करुण नायरले १, निकोलस पुरन ० तथा ग्लेन म्याक्सवेलले १ रन बनाए।

कमजोर सुरुवात 

अत्यन्त कमजोर सुरुवात गरेको पन्जाबले पहिलो ५ विकेट १० ओभरमा ५५ रनको योगफलमा गुमाएको थियो। पहिलो विकेटको लागि कप्तान केएल राहुल र मायाँक अग्रवालले ३० रनको साझेदारी गरेपछि पाँचौ ओभरमा मोहित शर्माले राहुललाई बोल्ड गर्दै दिल्लीलाई खेलमा फर्काएका थिए। त्यसपछि लगत्तै ओभरमा अफ स्पिनर रभीचन्द्रन आश्विनले करुण नायर र निकोलस पुरनलाई पहिलो र पाँचौ बलमा पेभेलीयन फर्काए। लगत्तै ओभरमा ग्लेन म्याक्सवेललाई कागीसो रबाडाले पेभेलियन फर्काए। १० औं ओभरमा सरफराज खानलाई देब्रे हाते स्पिनर अक्षर पटेलले आउट गरे।

छैठौं विकेटको लागि ओपनर मायाँक अग्रवालले क्रिस्नप्पा गोथमसंग ४६ रनको साझेदारी गरे। १६ औं ओभरमा गोथमलाई रबाडाले दोश्रो शिकार बनाए। त्यसपछि पनि अग्रवालले एक किनार सम्हाल्दै टिमलाई बराबरी तिर डोर्याएका थिए। उनले सातौँ विकेटको लागि क्रिस जोर्डनसंग ५६ रनको साझेदारी गरे।

दिल्लीको बलिंगमा रभीचन्द्रन आश्विन ( १-०-२-२ ) , मार्कस स्टोइनिस ( ३-०-२९-२ )  र कागीसो रबाडाले ( ४-०-२८-२ ) समान २/२ विकेट लिए।

स्टोइनिसको विस्फोटक अर्धशतक 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।

दिल्लीको लागि मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन बनाए जुन क्रममा मात्र २१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। उनले मात्र २० बलमा अर्धशतक पुरा गरेका थिए। कप्तान श्रेयस ऐयरले ३९ ( ३२ बलमा ३ छक्का ) तथा रिशभ पन्तले ३१ ( २९ बलमा ४ चौका ) प्रहार गरे। ३ जना ब्याट्सम्यानले बाहेक दिल्लीका अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१७ ओभरमा १००/६ को अवस्थाबाट स्टोइनिसले आक्रामक ब्याटिंग गर्दा टिमले अन्तिम ३ ओभरमा ५७ रन बनाएको थियो। स्टोइनिसले १९ औं ओभरमा शेल्डन कटरेलको ओभरमा ३ चौका प्रहार गर्दै १४ रन तथा अन्तिम ओभरमा क्रिस जोर्डनको ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै कुल २५ रन बनाए।

मार्कस स्टोइनिसले २१ बलमा ५३ रन बनाए

कमजोर सुरुवात गरेको दिल्लीले पहिलो ३ विकेट १३ रनको योगफलमै गुमाएको थियो। दोश्रो ओभरमा शिखर धवन खाता नखोली रन आउट भए। त्यसपछि तेश्रो ओभरमा मोहम्मद शामीले पृथ्वी शा ( ५ ) र शिमरन हेटमायर ( ७ ) लाई क्याच आउट गराए। पावरप्लेमा दिल्लीले ३ विकेट गुमाएर २३ रन मात्र बनाउन सकेको थियो। चौथो विकेटको लागि कप्तान श्रेयस ऐयर र रिशभ पन्तले ७३ रनको साझेदारी गरे।

छैठौं नम्बरमा आएका मार्कस स्टोइनिसले आक्रामक ब्याटिंग गर्दै टिमलाई प्रतिस्पर्धात्मक योगफल तिर डोर्याएका थिए।

पन्जाबको बलिंगमा मोहम्मद शामीले आईपीएलमा आफ्नो उत्कृष्ट प्रदर्सन गर्दै सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १५ रन खर्चिए। शेल्डन कटरेलले २ विकेट ( ४-०-२४-२ ) , डेब्यु गरिरहेका लेग स्पिनर रभी बिस्नोइले १ विकेट ( ४-०-२२-१ )

आगामी खेल : लिग अन्तर्गत सोमबारको खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्। खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ। दिल्लीले आगामी खेल शुक्रबार चेन्नाई सुपर किंग्स बिरुद्ध खेल्नेछ। पन्जाबले बिहिबार बैंगलोरसंग खेल्नेछ।-wicket nepal बाट

प्रकाशित : २०७७ असोज ५ गते ०:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI