आईपीएल: दिल्ली पहिले ब्याटिंग गर्दै , सन्दिप छैनन् अन्तिम-११ मा

NAWALPUR TIMES

आईपीएल:  दिल्ली पहिले ब्याटिंग गर्दै , सन्दिप छैनन् अन्तिम-११ मा
IMG 20200909 151333

१३ औं आईपीएल टि-२० दोश्रो दिन लिगको दोश्रो खेलमा श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स र केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्।  दुबई स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ।

खेलमा किंग्स-११ पन्जाबले टस जितेर दिल्लीलाई ब्याटिंगको निम्तो दिएको छ।

दिल्लीले नेपाली स्पिनर सन्दिपलाई अन्तिम-११ मा स्थान दिएन। उसले ४ विदेशी खेलाडीको रुपमा शिमरन हेटमायर, कागीसो रबाडा, मार्कस स्टोइनिस र एनरिक नोर्कियालाई स्थान दिएको छ। स्पिनरको रुपमा टिमले अक्षर पटेल र रभीचन्द्रन आश्विनलाई स्थान दिएको छ भने दुवै लेग स्पिनर सन्दिप लामिछाने र अमित मिश्रालाई बाहिर राखेको छ। खेल अघि अभ्यासको क्रममा घाइते भएपछि इशान्त शर्मा खेलबाट बाहिर भएका छन् जसको स्थानमा मोहित शर्माले स्थान बनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology