डा. केसीको १९औँ सत्याग्रह जुम्लाबाट सुरु

NAWALPUR TIMES

डा. केसीको १९औँ सत्याग्रह जुम्लाबाट सुरु
IMG 20200914 150557

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले आफ्नो १९औँ सत्याग्रह जुम्लाबाट सुरु गरेका छन् । उनको जुम्लाको चन्दननाथ- ६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औँ सत्याग्रह सुरु भएको हाे ।

सत्याग्रहमा बस्नुअघि डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र, तानाशाहीतन्त्रविरुद्ध जुम्लाबाट १९औँ सत्याग्रह सुरु गरेको प्रतिक्रिया दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने उनको माग छ । यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

उनले १६औँ सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू सत्याग्रह बस्न बाध्य भएको उनले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology