कोरोना संक्रमित ८ गर्भवतीको सुरक्षित प्रसूति

NAWALPUR TIMES

कोरोना संक्रमित ८ गर्भवतीको सुरक्षित प्रसूति
1591423236.Bharatpur hospital 01

चितवन। भरतपुर अस्पतालले कोरोना संक्रमित आठ गर्भवतीको सुरक्षित प्रसूति गराएको छ। अस्पतालको आइसोलेसनमा हाल दुई गर्भवती उपचाररत छन्।अस्पतालले संक्रमित सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ। उनीहरूबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटरसहितको व्यवस्था मिलाएको छ। संक्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्यसँग सम्पर्क नहुने गरी व्यवस्था गरिएको छ।

 

अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रामप्रसाद सापकोटाका अनुसार संक्रमणपछि अस्पतालमा प्रसूति गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन्। उनीहरूबाट जन्मिएका नवजात शिशुमा संक्रमण देखिएको छैन । हालसम्म सुत्केरी भएर गएकाहरूको केहि स्वास्थ्य समस्या नआएको उनले बताए।

 

सङ्क्रमितमध्ये तीनको साधारण र पाँचजनाको शल्यक्रिया गरिएको हो। तीमध्ये शल्यक्रिया गरिएका दुईजनाको पछि संक्रमण पुष्टि भएको हो । डा. सापकोटाका अनुसार प्रसूति गरिएकामध्ये तीन नवलपरासी, दुई चितवन तथा गोरखा, सप्तरी र मकवानपुरका एक/एक जना छन् ।

 

अस्पतालमा अहिले दैनिक ३० भन्दा बढीको प्रसूति गराउदै आइएको छ। संक्रमित र अन्यको फरकफरक ठाउँमा उच्च सावधानीका साथ प्रसूतिसहित उपचार गराउँदै आएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology