पछिल्लो २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमित संक्रमणमुक्त

NAWALPUR TIMES

काठमाडौं– पछिल्लो २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा ३७ हजार ५ सय २४ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १० हजार १ सय ७६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख ३१ सय हजार ३ सय ६२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ३ सय ४४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार  २ सय ६० रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –३३९०
प्रदेश २– १०५२३
बाग्मती प्रदेशमा –६८२०
गण्डकी प्रदेशमा –२१९९
प्रदेश ५मा –६३१२
कर्णाली प्रदेशमा –२४८४
सुदूरपश्चिम प्रदेशमा ५७९६

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology