प्रतिमिनेट एक जनाको आत्महत्या

NAWALPUR TIMES

प्रतिमिनेट एक जनाको आत्महत्या
suicide

काठमाडौं, भदौ २६ । हरेक वर्ष १० सेप्टेम्बरका दिन मनाइने विश्व आत्महत्या विरुद्धको दिवस बिहीबार ‘हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याबाट मृत्यु हने गरेको’ जानकारी गराउँदै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्ष हुनुपर्ने निष्कर्षका साथ मनाइयो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् ।
‘विश्वव्यापी आत्महत्याका घटनाहरुमध्ये ७९ प्रतिशत घटना हाम्रोजस्तो निम्न तथा मध्यम आय भएका देशहरुमा घट्ने गर्दछन् ।

हाम्रो देशमा हरेक दिन १५ जनाले आत्महत्या गर्ने गर्दछन् र बढी मात्रामा १५ देखि ४९ वर्ष उमेर समँहका महिलाको मृत्यु आत्महत्याका कारणले हुनेगर्दछ’, बिहीबार भएको भर्चुयल अन्तत्र्रिmया कार्यक्रममा जानकारी दिइयो– ‘नेपाल विश्वमा आत्महत्याबाट मृत्यु हुने देशहरुमध्ये सातौं स्थानमा रहेको छ ।’

आत्महत्या संसारभर सार्वजनिक स्वास्थ्यको क्षेत्रमा एक प्रमुख समस्याका रुपमा देखिएको, हरेक आत्महत्याका घटनाले सामाजिक, आर्थिक तथा भावानात्मकरुपमा निकै ठँलो नकारात्मक परिणामहरु निम्त्याउने गरेको, कोभिड–१९ का कारण नैराश्यता बढेर आत्महत्या गर्नेको संख्या ४० प्रतिशतले वृद्धि भएको युनिसेफले जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology