युईएफए नेसन्स लिगअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध इटाली १-० गोलले विजयी भएको छ । गएराति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयमा इटालीका लागि निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो ।
यही समूहको अर्को खेलमा पोल्याण्डले बोस्निया एन्ड हर्जगोभिनालाई २-१ ले हराएको छ । यो जितसँगै इटाली लिग ‘ए’ १ मा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ३ अंक जोड्दै दोस्रो स्थानमा छ ।
प्रकाशित : २०७७ भदौ २३ गते १०:०३
Facebook Comment