बट्लरको उत्कृष्ट प्रदर्शनमा इङ्ल्यान्ड विजयी

NAWALPUR TIMES

बट्लरको उत्कृष्ट प्रदर्शनमा इङ्ल्यान्ड विजयी
1599445061.Butler

काठमाडौं। जोस बट्लरको लामो छक्का प्रहारसँगै इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट विजय हासिल गरेको छ। यो जितसँगै इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्ध तीन खेलको शृंखला २-० ले जितेको छ।

 

ओपनर बट्लरले ५४ बलमा अविजित ७७ रन बनाए। ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बट्लरको यो करिअरकै उच्च स्कोर हो। बट्लरले आठ चौका र दुई छक्का प्रहार गरे। उनले एडम जम्पाको १९औं ओभरमा पाँचौं बलमा छक्का प्रहार गर्दै इङ्ल्यान्डको जित पक्का गरेका थिए।

 

साउथह्याम्पटनस्थित रोज बाउल क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य घरेलु टीम इङ्ल्यान्डले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

 

पहिले ब्याटिङ गरेको विश्व नम्बर एक अस्ट्रेलियाले सुरूमै ओपनर डेबिड वार्नरलाई गुमाएको थियो। वार्नरलाई जोफ्रा आर्चरले आउट गरेका थिए। लगत्तै अर्को एलेक्स क्यारीलाई पनि मार्क उडले आउट गरेपछि अस्ट्रेलिया २-३ को अवस्थामा थियो।

 

भ्रमणकारी अस्ट्रेलियालाई कप्तान एरोन फिन्चले उकासेका थिए। फिन्चले ४० रन बनाए। अस्ट्रेलियाका मार्कुस स्टोइनिसले ३५, ग्लेन म्याक्सवेलले २६, एस्टन अगरले २३, पेट कुमिन्सले १३ र स्टिभ स्मिथले १० रन बनाए।

 

इङ्ल्यान्डका क्रिस जोर्डनले दुई विकेट लिँदा आर्चर, उड, एडिल रशिदको नाममा एक एक विकेट रह्यो।

 

१५८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका लागि बट्लरबाहेक डेबिड मालनले ४२, रन बनाए। मोइन अली १३ रनमा अविजित रहे। जोनी बेयरिष्टोले ९, कप्तान इयान मोर्गानले सात रन बनाए। टम बान्टोनले दुई रन जोडे।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology