काठमाडौं- परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन्।
तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि आफू मन्त्रीक्वार्टरमै क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए।
‘आज ३ दिन भयो, चिकित्सकको सल्लाहअनुसार ७ दिनमा परीक्षण गर्ने कुरा भएको छ,’ उनले भने।
प्रकाशित : २०७७ भदौ २१ गते १९:१७
Facebook Comment