क्रोएसियाविरूद्ध पोर्चुगलको सहज जित

NAWALPUR TIMES

क्रोएसियाविरूद्ध पोर्चुगलको सहज जित
1599356826.Portugal team

काठमाडौं। क्रोएसियालाई ४-१ ले पराजित गर्दै साविक विजेता पोर्चुगलले नेशन्स लिगमा विजयी सुरूआत गरेको छ।

 

कप्तान क्रिस्चियानो रोनाल्डोबिना नै खेलेको पोर्चुगिच टोलीले समूहचरणको पहिलो खेलमा सहज जित हात पारेको हो। रोनाल्डो प्रशिक्षणका क्रममा घुँडामा चोट लागेपछि क्रोएसियाविरुद्धको खेलमा मैदानबाहिर रहे पनि टोलीका सहकर्मीहरूले उनको अभाव महसुस हुन दिएनन्।

 

पोर्चुगलको जितमा जोआव क्यान्सेलो, डियागो जोटा, जोआव फेलिक्स र आन्द्रेय सिल्भाले एक–एक गोल गरे। उनीहरूले क्रमशः ४१, ५८, ७० र ९४औं मिनेटमा गोल गरेका थिए। क्रोएसियाका लागि ब्रुनो पेकोभिकले इन्जुरी समयमा सान्त्वाना गोल गरेका थिए।

 

सोही समूहमा रहेको फ्रान्सले गएराति नै भएको खेलमा स्वीडेनलाई १-० ले पराजित गरेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology